२०८० मंसिर १६ शनिबार

नाला माथिको अतिक्रम हटाउन राजनीतिक दलहरुले महानगरपालिकालाई साथ दिने

वीरगञ्ज – वीरगञ्ज महानगर पालिकाको समग्र विकास तथा नालामाथीको अतिक्रमण हटाउन वीरगञ्ज महानगर पालिकालाई राजनैतिक दलले साथ दिने निर्णय गरेको छ । आज महानगर पालिकामा नगर प्रमुख राजेश मान सिंह सित राजनैतिक दलहरुको पदाधिकारीहरुको छलफल पछि वीरगञ्ज महानगर पालिकाले समग्र विकास, नाला माथीको अतिक्रमण र सार्वजनिक जग्गाको खोजी एवं संरक्षणमा हामी सबै राजनैतिक दलले महानगरलाई सघाउने निर्णय गरेको नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको सचिव सुन्दर प्रसाद कुर्मीले बताए ।

नेपाली काँग्रेस वीरगञ्ज महानगर समितिको नगर सभापति मणिन्द्र लाल नेपालीले महानगरले अहिले गरिरहेको गतिविधिबारे नगर प्रमुखले जानकारी गराएका छन्, हामीले पनि सुझाव राख्यौ सरसफाई, अतिक्रमित जग्गाको अतिक्रमण हटाउने, रात्री बजार, सार्वजनिक जग्गा को खोजीमा राजनैतिक दल सित सहयोग र साथको आपेक्षा राखेका छन्, हामी सबै दलले सहकार्य र साथ दिने निर्णय पनि गरेको बताए । जसपाका नगर अध्यक्ष ईश्वर प्रसाद यादवले नगर प्रमुखले हामी राजनीतिक दलका पदाधिकारीलाई बोलाएर गतिविधिबारे जानकारी दिने र सुझाव लिने कार्य सह्रानीय रहेको बताए ।

नगर प्रमुख राजेश मान सिंहले वीरगञ्जको समग्र विकासमा महानगरले सबै राजनीतिक दल र महानगरवासीको साथ एवं सहयोगको आग्रह गरेका थिए । आज सम्पन्न राजनैतिक दल सितको छलफलमा नगर प्रमुख राजेश मान सिंह, नेपाली काग्रेसका नगर सभापति मणिन्द्र लाल नेपाली, नेकपा एमाले बीरगन्ज महानगर कमिटी सचिव सुन्दर प्रसाद कुर्मी, जसपा नगर कमिटी अध्यक्ष ईश्वर प्रसाद यादव, नेकपा माओवादी केन्द्रको क्षेत्रीय अध्यक्ष अमिताभ बच्चन दास र जनमत पार्टीका उमा शंकर गुप्ता लगायतको सहभागिता रहेको थियो ।

२०७९ चैत्र २१, मंगलवार २३:११ गते 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार