२०८० मंसिर १६ शनिबार

वीरगञ्जको यातायात कार्यालयबाट ११ जना बिचौलिया पक्राउ

वीरगञ्ज – वीरगञ्ज स्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले एकैदिन ११ जना बिचौलियालाई पक्राउ गरेको छ ।कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटोछरितो गराइदिने प्रलोभन दिएर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिड्ने कार्यमा संलग्न १० जना बिचौलियालाइ मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका १२ का २५ वर्षिय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षिय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षिय दिपलाल साह, त्यहि वडाका ४६ वर्षिय , वडा नम्बर ३ का ३७ वर्षिय रन्जित गुप्ता , वडा नम्बर ११ का २३ वर्षिय लालबाबु महत्तो , त्यहि वडाका ४५ वर्षिय राजेश लामा रहेका छन् ।

यस्तै पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ४ का ४० वर्षिय राजेश महतो , बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का ४५ वर्षिय दरोगा दास , बाराकै प्रसौनी गाँउपालिका वडा नम्बर ६ का ३० वर्षिय मुकेश साह र बाराकै प्रसौनी गाँउपालिका वडा नम्बर ३का २५ वर्षिय दिपु महतो तत्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीका अनुसार, यातायात कार्यालयमा बिचौलीयाहरुले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको थियो ।

कार्यालयमा अनुगमनका क्रममा सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिदै गरेको अवस्थामा भेटिएका बिचौलीयाहरुलाइ नियन्त्रणमा लिइएको बुढाथोकीले बताए ।

नियन्त्रणमा लिइएका बिचौलीयाहरुलाई प्रहरीको हिरासतमा राखेर उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बुढाथोकीले जानकारी दिए ।

२०७९ चैत्र २१, मंगलवार २१:४९ गते 1 Minute 69 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार