२०८० मंसिर १६ शनिबार

भन्सार क्षेत्रमा खुल्याम तस्करी , सशस्त्रका डिएसपी पाण्डेले दिए दर्जनौं तस्करलाई मौखिक लाईसेन्स

वीरगंज – सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै अगाडि वीरगंज भन्सार क्षेत्रमा खुलेआम व्यापक रुपमा भन्सार छली चोरी तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

भारतको सिमावर्ती शहर रक्सौलबाट तस्करको समूहले सशस्त्र प्रहरी बल बिओपी वीरगंजका डिएसपी राम जंग पाण्डेकै मिलोमतोमा टेम्पो , इ- रिक्सा म्युरी , पिकअप , मोटरसाईकल र साईकल जस्ता सवारीसाधनमा मालवस्तु लोड गरेर प्रहरीको आखा अगाडिबाट खुलेआम तस्करी भईरहेको खुलेको छ ।

वीरगंजको मुख्य भन्सार नाका इनर्वा र इनार्वागाउँ नाका प्रयोग गरी तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, खाद्यान्न, किराना सामान, ग्यास चुल्हो , कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, पान मसाला, (रजनीगन्धा, गुटखा), स्पेयर पार्टस र माछालगायतका समानहरु पिकअप भ्यान, इ–रिक्सा, टेम्पु, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर दैनिक नेपाल भित्रयाईरहेका छन् ।यस्तै नेपालबाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार )पुर्याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले बताए ।

क-कस्ले पाए लाईन ,नामावली सहित ।

मुख्तार नामका नामुदत्त तस्करका समुहले मुख्य भन्सार नाकाबाट इ – रिक्सा र टेम्पुको माध्यमले भारतबाट कपडाको तस्करी र नेपालबाट सिल प्याक मदिरा भारततर्फ तस्करी गरिरहेका छन । कपडा तस्करीको लाईन हरेन्द्र र हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टसको लाईन भोलाले पाएका छन । तबारकले काजु र हार्डवेयरको र सम्भुले नेपालबाट मदिरा र भारतबाट कपडा लाईन पाएका छन ।

यस्तै इनर्वागाउँ र भन्सार नाकाबाट अनिल साहको समुहले मोटरसाइकल र साइकलको माध्यमले नेपालबाट चाइनिज स्याउ र भारतबाट पापडको तस्करी गरिरहेका छन भने भारतको रक्सौलबाट दिनहु लाखौँ मूल्य बराबरको अवैधमा रूपमा एक समूहले माछा तस्करी गरि नेपाल भित्रियाईरहेको छ । भारतबाट तस्करी गरी ल्याएको माछा वीरगंजको मिना बजार, बिर्ता बजारमा बिक्री वितरण गर्ने गरेका छन् । इनार्वा नाकाबाट रक्सौलतर्फ ठुलो मात्रमा कबाड तस्करी भइरहेको छ। कबाडभित्र विभिन्न जनावरहरूको हड्डी लगायतको सामान तस्करी मार्फत भारतको रक्सौलमा पठाउने गरेका छन्। यस विषयमा गण नं. १३ पर्साका गणपति सुमन थपलिया संग बुझ्दा सिमानाका बाट हुने चोरी तस्कर अबैध क्रियाकलाप रोक्ने हामी र हाम्रो टिम लागिपरेको र त्यस्ता कुनै गतिविधि नभएको तथा प्रमाण सहित केही भेट्यो भने कार्वाही गर्ने बताए ।

२०७९ चैत्र २३, बिहीबार १७:३१ गते 1 Minute 788 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार