
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताएका छन् ।
राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ’ । उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिए ।
गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्ने जानकारी दिए । ‘हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ । हामी विदेशी विज्ञापन यहाँ ल्याएर स्वदेश विदेशी मुद्रा भित्र्ययाउन प्रयासरत छौँ ‘।
प्रारम्भिक साधारणसभाले दुईवर्षे कार्यकालको लागि नयाँ समिति चयन गर्नेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।