
वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले ६० लाख भन्दा बढी मूल्य बराबरको सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ पावरहाउस चोकस्थित सडकखण्डबाट प्रहरीले ना. २ ख ९३९८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
चेकजाँचको क्रममा बिलविजकभन्दा बढीको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा भेटिएपछि शंकास्पद लागेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । प्रवक्ता गिरीकाअनुसार नियन्त्रीत ट्रकमा रहेका सामानलाई ६० लाख ३८ हजार १ सय ८८ रुपैयाँ मूल्यांकन गरिएको छ ।आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।