२०८० मंसिर १६ शनिबार

उपेन्द्रलाई जिताउन जितेन्द्र फिल्डमा

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने जिम्मा पाएका प्रदेश सांसद् जितेन्द्र सोनलले आफ्नो सक्रियता बढाएका छन् ।

मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले बारा निर्वाचनअन्तर्गत पर्ने विभिन्न स्थानीय तहहरुमा पुगेर गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

सोनललाई लोसपा अध्यक्ष महन्थ ठाकुरले बारा-२ मा गठबन्धनका उम्मेदवारलाई जिताउन प्रतिनिधि तोकेका छन् । प्रतिनिधीका हैसियतले सोनलले लोसपाका क्षेत्रीय, स्थानीय तह र वडा स्तरका नेताहरुसँग भेटघाट तथा छलफल गरेर गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको पक्षमा लाग्न निर्देशन दिएका छन् ।

उनि जसपाका नेताहरुसँग पनि संयुक्त बैठक गरिरहेका छन् । मङ्गलबार मात्रै उनले पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायातका नेताहरुसँग छलफल गरेका छन् । छलफलमा उनीहरुले आगामी दिनहरुमा गठबन्धनको पक्ष्यमा माहोल बनाउन विभिन्न रणनीतिको बारेमा छलफल गरेको बुझिएको छ ।

छलफलका क्रममा उनले उपेन्द्र यादव जस्तो राष्ट्रियस्तरको नेता संसद्मा नहुनु दु:खद् भएको बताए । यादवलाई उनले सङ्घीयता, सुशासन, मधेशको पहिचान र अधिकारको लडाईका नेतृत्वकर्ता भएको पनि बताए ।

२०७९ चैत्र २८, मंगलवार १७:०६ गते 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार