२०८० मंसिर १६ शनिबार

कृषि औजार कारखाना संचालनको लागि उद्याेगमन्त्रीरिजालद्वारा छलफल

वीरगञ्ज – वीरगञ्जमा रहेकाे कृषि औजार कारखाना संचालनको निमित्त उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले मंगलबार राष्ट्रिय अविस्कार केन्द्रका माहाबिर पुनसंग छलफल गरेका छन् ।

छलफलमा कृषि औजार कारखाना चलाउन उद्योग मन्त्रालयको सहयोग संगै, अर्थ, कृषिको पनि सहयोग र सहकार्य हुनु पर्ने उद्योग सचीव डा. तोय नरयण ज्ञवालीले प्रकाशले प्रकाश पारेका थिए ।

त्यसपछि वाेल्दै उद्याेगमन्त्री रिजालले कारखाना संचालन कृषि मन्त्रालय अन्तर्गत रहेकोले त्यो मन्त्रालयसंगकाे सहकार्य गर्ने वताए । उनले साथै अर्थ मन्त्रालयले बजेट बिनयोजको पाटो रहेकोले अर्थ मन्त्रालयसंग पनि सहकार्य गर्ने र कारखाना संचालनकाे लागि पहल गर्ने वताए ।

मन्त्रालयमा भएकाे छलफलमा एक पटकको मात्र बजेटले कारखानालाई मुर्त रुप दिन नसकिने तर पनि बिस्तारै बिस्तारै कारखानाको जिर्णो उद्दार गर्ने बारे सहभागिहरु प्रकश पारेकाे उद्याेगमन्त्रीका स्वकिय सचिव राकेश यादवले वताए ।

कृषि औजार कारखानालाई चलायामान बनाउन के कस्ता कदमहरु चाल्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएकाे थियाे मन्त्रालयको जिग्यासामा अविस्कार केन्द्रका पुनले अहिलेको मेशिनहरु बलियो र काम लाग्ने भए पनि विश्व बजार संग प्रतिस्पर्धा गर्न नयाँ नयाँ मेशिनहरु पनि थप्नु पर्ने जानकारी गराएका थिए ।

२०७९ चैत्र २८, मंगलवार २२:४६ गते 1 Minute 799 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार