
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पछिल्ला केही समय यता वीरगञ्जको सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।धर्मको नाममा केही व्यक्तिले वर्षौँदेखिको धार्मिक सहिष्णुता तथा यहाँको सामाजिक सद्भाव खल्बलिने गतिविधि गरेको भन्दै चिन्ता जाहेर गर्नुभएको हो ।
आशा किरण केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वीरगञ्ज सबै जातजाति, भाष, धर्मको साझा फुलबारी रहेकाले यो सद्भाव विगार्न नहुने बताउनुभयो ।
हिन्दुले मुस्लिमलाई, मुस्लिमले हिन्दुलाई गर्ने सम्मान र सद्भाव केही उच्छृङ्खल व्यक्तिका कारण धरासायी हुन नहुने भन्दै सबै संयमित भएर काम गर्नु पर्ने बताउनुभयो ।
आफ्नो धर्म संस्कृतिको रक्षा आफैँले गर्नु पर्ने भन्दै उहाँले एउटा धर्म मान्नेले आफ्नो स्वार्थका लागि अर्को धर्म समुदायलाई हानी हुने काम गर्न नहुने बताउनुभयो ।वर्षमा एक पटक झण्डा, तरबार बोकेर सडकमा निस्कँदैमा धर्मको रक्षा हुन नसक्ने भन्दै उहाँले समाजमा रहेका कुरिति, गरिबि हटाउन सहयोगीभावमा समर्पण हुनु पर्नेमा जोड दिनुभयो ।
‘हामीसँग भएका मन्दिरको संरक्षण छैन । भएका मन्दिरमा पुजारी छैन । पुजा गर्ने सामग्री छैन,’ उहाँले भन्नुभयो, ‘वर्षमा एक दिन झण्डा र तरबार बोकेर प्रदर्शन गर्दैमा धर्म रक्षा हुन सक्दैन ।’भएका मन्दिरको संरक्षण गर्दै त्यहाँ पुजापाठ गर्ने व्यवस्था मिलाउने तर्फ ध्यान दिँदै सबैलाई जुटाउनेतर्फ काम भए मात्रै धर्म र धार्मीक सहिष्णुता कायम हुने उहाँले बताउनुभयो ।‘भएका मन्दिरको संरक्षण गर्नु जरुरी छ, त्यसलाई सौन्दर्यकरण गर्नु छ । पुजारी र पुजा गर्ने सामानको व्यवस्थापन गर्नु पर्ने छ । यता तर्फ कसले ध्यान दिने ?’ उहाँले प्रश्न गर्नुभयो ।
मुस्लिम समूदायका केही व्यक्ति पनि हिन्दु धर्मका बारेमा अनर्गल प्रचार गर्ने र सद्भाव खल्बल्याउने गरी वक्तव्य दिएको भेटिएकाले त्यस्ता कार्य तत्काल रोकेर वर्षौदेखि कायम धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अझै मजबुत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताउनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।