२०८० मंसिर १६ शनिबार

लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुलद्वारा ३ दिने शिक्षण तालिम सुरु

वीरगञ्ज – लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुलको आयोजनामा ३ दिने व्यावहारिक शिक्षण सम्बन्धी तालिम सुरु भएको छ ।

पूर्व प्राथमिक र प्राथमिक तहको पठनपाठन पुस्तक भन्दा पनि सामग्रीमा आधारित हुनुपर्छ भन्ने अभिप्रायका साथ तालिमको आयोजना गरिएको लिटिल बड्ठी इन्टरनेशनल प्रिस्कुल वीरगञ्जका प्रबन्ध निर्देशक बिजय कुमार बलले बताए । उनकाअनुसार मङ्गलवारदेखि सुरु भएको सामग्रीमा आधारित शिक्षण तालिम बिहिवार सम्पन्न हुनेछ ।

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु जरुरी रहेको बताए । पूर्व प्राथमिक तहका बालबालिकालाई पनि कापी कलम लिएर घोकाएर पढाउने प्रवृतिले शिक्षाको विकास नहुने हुँदा संग्रौलाले सिकाईमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औँल्याए ।
लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल, माउण्ट मकालु मावि, साउथ जोन मावि, मिनिल्याण्ड मावि, डल्फिन एकेडेमी लगायतका विद्यालयका ३० जना शिक्षकहरु तालिममा सहभागी छन् । उनीहरुलाई व्यावहारिक एवम् सामग्रीमा आधारित शिक्षणका सम्बन्धमा झापाकी पूजा संग्रौला मरासिनीले प्रशिक्षण दिइरहेकी छिन् ।

लिटिल बड्डी वीरगञ्जका संस्थापक प्रबन्ध निर्देशक बिजय कुमार बलको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, प्याब्सन वीरगञ्ज महानगरका कोषाध्यक्ष सुरज बाबु पटेल लगायतको उपस्थिती रहेको थियो ।

२०७९ चैत्र २८, मंगलवार २०:०९ गते 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार