२०८० मंसिर १६ शनिबार

हाम्रो पार्टी प्रदेश सरकारमा सहभागी हुन्छ: नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन्। मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरूमा सहभागी हुने बताएका हुन्।

उनले आफूहरू संघीय सरकारमा सत्तारूढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने बताए। उनले संघ र प्रदेश सरकार दुवैमा आफुहरूको भूमिका हुने उल्लेख गरे। 

‘हाम्रा पनि मन्त्रीहरू हुनुहुन्छ। गठबन्धन दलमा हामी पनि सामेल छौँ। केन्द्रमा पनि हामी छौँँ। अब बिस्तारै हामी प्रदेशमा पनि सरकारमा सहभागी हुन गइरहेका छौँ। त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भुमिका रहनेछ।’ नेपालले भने, ‘पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरूको सहयोग लिएर, उहाँहरूसँग समन्वय गरेर काम गर्नुपर्छ। शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा तपाईंहरू अगाडि बढ्नुहोस् ।’

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए। उनले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए।कुनैपनि बालबालिकालाई विद्यालय बाहिर राख्नु नहुने र सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। । 

‘शिक्षालाई अत्यधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरूको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ । त्यस्तै शिक्षा प्रदान गर्न एकजना बालबालिकापनि विद्यालय भन्दा बाहिर नरहुन् भन्ने सोच राखेर सबै बालबालिकालाई न्यूनतम पनि कक्षा १२ सम्म पढ्ने वातावरण हामीले उपलब्ध गराउनु पर्दछ।’ नेपालले भने, ‘प्रत्येक युवाहरूलाई हामीले प्राविधिक शिक्षा दिनुपर्छ र प्राविधिक तालिम दिनुपर्छ । जसले गर्दा सीपयुक्त जनशक्ति उत्पादन हुन सकोस् ।’
 

२०७९ चैत्र २८, मंगलवार १७:४२ गते 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार