२०८० मंसिर १६ शनिबार

उद्योग व्यापार चलायमान बनाउन केही ऐन संसाेधन आवश्यक छ : मन्त्री रिजाल

वीरगञ्ज – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रलाई सहि दिशामा फर्काउनका लागि सरकारले भरपुर प्रयास गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेकपा (माओवदि केन्द्र) को उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले भने, ‘संकटमा परेको अर्थतन्त्रलाई माथि उकास्ने प्रयासमा सरकार इमान्दारितका साथ लागिरहेको छ, केहि दिनमै त्यसको परिणाम पनि देखिन्छ ।’

उद्योगमन्त्री रिजालले उद्योग व्यापार र आपूर्ति क्षेत्रलाई सहज बनाउन आफु मन्त्री बनेकै दिनदेखि दिनरात खटिरहेको पनि बताए । उनले भने, ‘मसँग उद्योगी व्यवासायीहरुले दिनहुँ भेटेर समस्या राखिरहनु भएको छ, त्यसको समाधानका लागि म स्वंय लागेको छु, तत्कालै समाधान हुने समस्याहरु छन् भने ठाँउका ठाँउ सम्बोधन गर्ने प्रयास गर्दै आइरहेको पनि छु ।’

उद्योग र व्यापारलाई अझ बढी सहज र प्रभावकारी बनाउन तथा निर्यातलाई परिणाममुखी बनाउन केही ऐन, नियम र नितिमा सुधार गर्न पनि आवश्यक देखिएको उनले बताए । त्यहि आवश्यकतालाई महसुस गरेर विभिन्न चरणमा मन्त्रालय स्तरीय छलफललाइ निरन्तरता दिइरहेको पनि मन्त्री रिजालले बताए । उनले भने, ‘अलि समय लाग्छ होला तर देशलाई सहि दिशामा ल्याउन हरसम्भव प्रयास रहन्छ ।’

माओवदि केन्द्रको उद्योग तथा वाणिाज्य विभागका अध्यक्ष बामदेव क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञहरुले विभिन्न समस्या र चुनौती समाधानका बारे आ आफनो धारणा राखेका थिए ।

२०७९ चैत्र ३०, बिहीबार १६:०८ गते 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार