
वीरगञ्ज – नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डाक्टर सुबोध गुप्ता निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा भएकाे निर्वाचनबाट महासंघको वस्तुगत कार्यकारिणी सदस्यमा वीरगञ्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका गुप्ता सम्मानजनक मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचनबाट गुप्तासहित १४ जना वस्तुगत कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । उक्त पदका लागि कुल २८ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा गुप्ता ७५ मतका साथ छैठौं स्थानमा रहदै निर्वाचित भएका हुन् ।
महासंघको वस्तुगत कार्यकारिणी सदस्यमा गुप्तासंगै नरेशलाल श्रेष्ठ , हरिबहादुर कार्की ,शिव प्रसाद घिमिरे ,लिलेन्द्र प्रसाद प्रधान, अरनिको राजभण्डारी,रविन पुरी,शोभा जावाली,भक्त बहादुर हमाल,नानीराज घिमिरे,मनोज अधिकारी,कमला श्रेष्ठ,पशुपतिदेव पाण्डे र राजकुमार कार्की पनि निर्वाचित भएका छन् ।
वस्तुगततर्फको सदस्यमा वरिष्ठ उपाध्यक्ष पदका दावेदार अञ्जन श्रेष्ठको समूहबाट ६ जना र उमेशलाल श्रेष्ठ प्यानलका ८ जना विजयी भएका हुन् । यसमा वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघई प्यानल निल भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।