२०८० मंसिर १६ शनिबार

बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमा बसेको घरमा गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।

गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

२०८० बैशाख २, शनिबार ०९:४९ गते 1 Minute 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार