
वीरगञ्ज – लागुऔषध दुव्र्यसनी तथा कुलतबाट मुक्त गराउने पुर्नजीवन नेपाल स्थापना भएको तेस्रो वर्षपछि शाखा बिस्तार गर्न सफल भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नकताधिरस्थित पुर्नजिवन नेपालले नयाँ वर्षदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४ मा शाखा बिस्तार गरेको हो ।
धनुषास्थित मुख्य कार्यालय प्रभावकारी रुपमा सञ्चालन हुनुका साथै सबैको सकारात्मक प्रतिक्रिया पाएपछि गोलबजारमा शाखा बिस्तार गरिएको पुर्नजिवन नेपालका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेले बताए । उनकाअनुसार पुर्नजिवन नेपालले हालसम्म ८ सय ६७ जनाभन्दा धेरैको सफल उपचार गरिसकेको छ । गोलबजारमा अहिले ३० बेडबाट शाखा बिस्तार गरिएको पाण्डेले बताए ।
पुर्नजिवन नेपालमा सीपमुलक तालिम, योगा, ध्यानसहित खाना र बस्नको राम्रो सुविधा रहेको पाण्डेको भनाई छ । लागुऔषध सेवनकर्ता तथा कुलतमा फसेकाहरुको लत छुटाउन तालिमप्राप्त प्रशिक्षकहरुसँगै बेला बेलामा विभिन्न क्षेत्रका सफल व्यक्तिहरुमार्फत कक्षा पनि सञ्चालन हुने गरेको उनले बताए ।
मुख्य कार्यालयमा २४ जना कर्मचारी कार्यरत छन् भने अहिले बिस्तार गरिएको शाखामा तत्कालका लागि ७ जनाले रोजगारी पाएका छन् । गोलबजारको शाखामा प्रदिप खतिवडाले म्यानेजरको रुपमा जिम्मेवारी निर्वाह गर्दा राजीव सिंहले कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालीरहेका छन् ।
नयाँ वर्षकै अवसरमा स्थापना भएको हुँदा बैशाख महिना भरीमा भर्ना हुनेहरुलाई विशेष छुटको व्यवस्था पनि गरिएको पुर्नजिवन नेपालका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।