
वीरगञ्ज – आसन्न वैशाख १० गते हुनगइरहेको उपनिर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुको उपस्थितिमा वृहत चुनावी सभा हुने भएको छ ।
बार-२ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहोल बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का शिर्ष नेताहरुको उपस्थितिमा महागढीमाई नगरपालिकास्थित बरियारपुरमा चुनावी सभा हुनलागेको हो ।
चुनावी सभाको मिति वैशाख ७ गते तोकिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सभा बिहान ११ बजे सुरु हुने जसपाले जनाएको छ ।
चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।