
वीरगञ्ज – समाजिक संस्था परिवर्तन नेपाल फाउन्डेसनले आजदेखि आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । वीरगञ्जकाे माइस्थान नजिक दुई नम्बर राेडमा संचालनमा आएकाे कार्यालयकाे साेमबार एक कार्यक्रमकाे बिच उदघाटन गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले कार्यालयकाे उदघाटन गरेका हुन् ।
संस्थका अध्यक्ष रणधिर वर्णवालकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा भारत रक्सौलका इन्सपेक्टर मनोज शर्मा, सब इन्सपेक्टर अनिल शर्मा सहित बिभिन्न संघ/संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियो ।
यस अघि संस्थाका पदाधिकारी तथा सदस्यहरुले कार्यालयकाे पुजापाठ गरेका थिए । समाजिक कार्यमा सक्रिय रहेकाे संस्थाकाे काम काज व्यवस्थित गर्न कार्यालय संचालनमा ल्याइएकाे संस्थाका सचिव बिशेष साहले वताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।