२०८० मंसिर १६ शनिबार

स्मार्ट टेलिकमको सबै सम्पत्ति सरकारको नियन्त्रणमा

काठमाडौं – स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका लागि प्राधिकरणमा दिएको निवेदन खारेज भएको छ ।

लाइरेन्स र फ्रिक्वेन्सीको मात्रै करिब २७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको हो ।

अब ‘सम्पत्ति व्यवस्थापन नियमावली–२०७९’ अनुसार स्मार्ट टेलिकमको व्यवस्थापन सरकारले गर्ने छ । स्मार्ट टेलिकमले तिनुपर्ने जरिवाना बाहेक नै २७ अर्ब बढी शुल्क नतिरेपछि प्राधिकरणले नवीकरण नगरेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

‘स्मार्टले नवीकरणका लागि निवेदन मात्रै दिएको थियो । तर करिब २७ अर्ब र त्यसको जरिवाना नतिर्दा नवीकरण भएन । अब सबै काम गोकर्णप्रसाद सिटौला नेतृत्वले व्यवस्थापन समितिले गर्छ,’ उनले भने ।

२०८० बैशाख ४, सोमबार १५:३३ गते 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार