२०८० मंसिर १६ शनिबार

एन्टी ह्युमन ट्राफिकिङ रक्सौल र एसएसबीको टोलीद्वारा सातजना नाबालकको उद्धार

वीरगञ्ज – छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यबाट नेपालमा कुखुरा फारममा काम गर्ने उद्देश्यले ल्याइरहेको अवस्थामा सातजना नाबालकको उद्धार गरिएको छ ।

वीरगञ्जसँग जोडिएको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एन्टी ह्यूमन ट्रयाफीकिङ टिम, प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारण र ४७ औं एसएसवी रक्सौलको संयुक्त प्रयासमा नाबालकहरुको उद्दार गरिएको हो ।

एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माकाअनुसार भारतको राजधानी दिल्लीस्थित राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले दिएको विशेष सूचनाको आधारमा नाबालकहरुको उद्धार गरिएको छ । आयोगले भारतका केही नाबालकहरुलाई नेपालको कुखुरा फारममा काम गराउने उद्देश्यले लागिरहेको सूचना प्रहरीलाई दिएको थियो ।

झारखण्ड निवासी नाबालकहरुलाई नेपालको राजधानी काठमाडौँ लिएर जान खोजिएको इन्स्पेक्टर शर्माले बताए । शर्माकाअनुसार उनीहरुलाई नेपाल लिएर गइरहेका एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । उद्धार कार्यमा हरैया प्रहरी ओपीका प्रमुख पङ्कजकुमारले पनि ठूलो भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।

अभियानमा एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका सहायक प्रहरी उपरीक्षक (सब इन्स्पेक्टर) अनिलकुमार शर्मा, हवलदार अरविन्द द्विवेदी, कन्स्टेबल मिकी कुमारी, डोली कुमारी, इकबाल अहमद, प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारणकी परामर्शदाता आरती कुमारी, समाजिक कार्यकर्ता राज गुप्तालगयातले पनि उनीहरुको उद्धारमा सहयोग गरेका थिए ।

२०८० बैशाख ५, मंगलवार २३:३२ गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार