२०८० मंसिर १६ शनिबार

प्रहरी निरीक्षक शाहीकाे नेतृत्वमा स्राेत नखुलेकाे साढे १९ लाखसहित ३ जना पक्राउ

वीरगञ्ज –  हुण्डी काराेबारकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । तीनै जनाकाे साथबाट स्राेत नखुलेकाे रु १९ लाख ५० हजार बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित सडकखण्डबाट बाराकाे जितपुर सिमरा उपहमानगरपालिका वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले बुधबार विहान ११:०० बजेकाे समयमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई रोकी मोटरसाइकलमा सवार महताेकाे खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा माेटरसाइकलको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रु. १४ लाख फेला परेको प्रहरीले जनाएकाे छ ।

महतोलाई विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा बुधबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति प्रदान गरी  थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 यसैगरी वीरगञ्ज महानगरपालिका कै वडा नं.८ स्थित सडकखण्डबाट दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बारा कै परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनार र वर्ष ३९ को सुनिल साह कानुलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार दिउसाे दुबै जना संकाष्पदरूपमा हिंडिरहेका अवस्थामा रोकी निजहरूको शरीर खानतलासी गर्दा सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रु एक लाख ६० हजार र कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू. तिन लाख ९० हजा गरी जम्मा नेपाली रु. ५ लाख ५० हजार फेला परेको प्रहरी प्रवक्ता गिरीले वताए ।

दुबै जनालाई पनि नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धकाे कसूरमा पर्सा जिल्ला अदालतबाट ३ दिनकाे म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए । 

२०८० बैशाख ७, बिहीबार ००:०० गते 1 Minute 288 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार