
वीरगञ्ज – इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगञ्जका हिन्दु युवाले इफ्तारको आयोजना गरेका छन् ।आपसी भाईचारा अभिबृद्धि हेतु वीरगञ्ज १६ नगवाका भुषाल चौरसियाले मुस्लिम समुदायका व्यक्तिका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् ।
आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा बिहीबार इफ्तारी गराइएको चौरसियाले बताए ।
चौरसियाले आयोजना गरेको इफतारमा मुस्लिम तथा हिन्दु समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो ।फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको चौरसियाले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।