२०८० मंसिर १६ शनिबार

प्रेमीको हत्या गरी फरार एक दम्पती चार महिनापछि पक्राउ

वीरगञ्ज – बारा प्रहरीले एक युवककाे हत्या आराेपित फरार दम्पतीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १५ भिस्वा निवासी २४ बर्षिय रामु भन्ने कैलाश महताे र उनकी श्रीमती २० बर्षिय राेशनी भन्ने हिरा देवीलाई रहेका छन् ।

बाराकाे बिश्रामपुर गाउँपालिका वडा न.५ इटयाही टोल स्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुषमा २०७९ मंसिर २७ गते राती एक युवककाे शव फेला परेकाे थियाे । साे शव बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज भन्ने महेश साहकाे थियाे ।

उनकाे शव कर्तव्य गरी मारी मृतककाे लाश लुकाई छिपाई राखेको अवस्थामा प्रहरी फेला परेको थियाे ।

प्रहरीका अनुसार प्रतिवादी रोशनी र मृतक सुरज लिभिङ टुगेदरमा रोशनी कै कोठामा बस्दै आएका थिए । सुरज  र रोशनी बिच बिवाह गर्ने कुरा समेत चलेकाे थियाे । तर रोशनीकाे पहिला नै बिवाह भई छोरी समेत रहेकाे हुँदा सुरजकाे घर परिवारका मानिसहरुले बिवाह गर्न मानेका थिएनन् ।

त्यसैबिच घटना भएकाे मिति २०७९ मंसिर २७ गते राती रोशनी र सुरजलाई रोशनीका श्रीमान रामु भन्ने कैलाश महतोले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेका थिए । त्यसै क्रममा मृतक सुरज र राेशनीका श्रीमान रामु बिच विवाद भएकाे थियाे ।

बिवाद कै क्रममा निज श्रीमान श्रीमतीले सुरजलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य गरी मारी मृतककाे लाश दबाउने छुपाउने उद्देश्यले परालको भुषमा लुकाई छिपाई राखि भागेका थिए ।

भागने क्रममा भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकोमा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिएकाे थियाे । खाेजतलाश कै क्रममा मिति २०८० बैशाख ०६ गते नेपाल र भारतको सिमाना नजिकबाट प्रतिवादीहरु रामु र निजको श्रीमती रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषाेत्म प्रसाद पाण्डे वताए ।

निजहरुलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट मिति २०८० बैशाख ०६ गतेदेखि नै लागु हुने गरी ७ दिनको म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

२०८० बैशाख ८, शुक्रबार १९:२५ गते 1 Minute 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार