२०८० मंसिर १६ शनिबार

भारतीयलाई नागरिकता सिफारिस गर्ने कलैया-१० का वडाअध्यक्ष पक्राउ

बारा – नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो ।

वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।

रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरू पक्राउ परेका हुन् ।

२०८० बैशाख ८, शुक्रबार १७:५७ गते 1 Minute 69 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार