२०८० मंसिर १६ शनिबार

नक्कली मतपत्रसहित बाराबाट एक मातदाता पक्राउ

वीरगञ्ज – बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा नक्कली मतपत्रसहित एक मतदाता पक्राउ परेका छन् ।  

बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) को नेता भएको आरोप लाएको छ । उनि जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् ।

यसैबीच, बारा- २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले  बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् । 

तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने ।

२०८० बैशाख १०, आईतवार १२:३२ गते 1 Minute 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार