२०८० मंसिर १६ शनिबार

बारा २ काे मतगणना ११ बजेदेखि गर्ने निर्णय

वीरगञ्ज – बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका पदका लागि आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज सोमबार बिहान ११ बजेबाट हुने भएको छ ।

मतगणना गर्ने बारे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खरै सकियो । अब खाना खाएर बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको छ,’ सापकोटाले भने ।

बैठकले मतगणना हुने कोठामा ३४ जना उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने सहमति पनि भएको उनले बताए ।

मतगणना शिक्षा तालिम केन्द्र कलैयामा हुनेछ । मतपेटिकाहरू गएरातिनै मतगणना स्थल ल्याइसकेको छ ।

बारा-२ मा आइतबार भएको निर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको थियो । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

२०८० बैशाख ११, सोमबार ०९:४८ गते 1 Minute 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार