२०८० मंसिर १६ शनिबार

शेयर बजारमा हरियाली, नेप्से १७.३६ अङ्कले बढ्यो

काठमाडौँ – सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसूचकहरू मध्ये म्युचुअल फण्ढ बाहेकका सबै कम्पनीहरूमा उकालो लागेको छ ।

यसैगरी, २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर कारोबार हुँदा ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै सिवम सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसै गरी कालिञ्चोक दर्शन को ३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसै गरी मंगलबार तारागाउँ रिजेन्सी होटल लिमिटेड ८ प्रतिशत र खप्तड वित्तीय संस्था ७.८५ प्रतिशतले बढेको छ । यी कम्पनीले सर्वाधिक कमाएका छन् ।

२०८० बैशाख १२, मंगलवार १६:३२ गते 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार