२०८० मंसिर १६ शनिबार

१४ हजार ६९ मतान्तरले स्वर्णिम वाग्ले निर्वाचित

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने नतिजा सार्वजनिक गरिसकेको छैन ।

मंसिर ४ गते भएको निर्वाचनमा विजयी तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । त्यो समयमा कांग्रेसका पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । अहिले रास्वपाका उम्मेदवार वाग्लेले त्यो भन्दा बढी मत पाएका हुन् ।

वाग्ले चैत १६ गते मात्र कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका हुन्। रास्वपाले उनलाई भावी अर्थमन्त्रीका रुपमा चुनावमा अगाडि सारेको हो ।

२०८० बैशाख १२, मंगलवार ०८:४३ गते 0 Minutes 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार