
जनकपुरधाम – महोत्तरीमा झण्डै अढाइ करोड मूल्य पर्ने जग्गा एक व्यक्तिले सशस्त्र प्रहरीलाई दान गरेका छन् ।महोत्तरी भंगहा नगरपालिका ४ घर भएका व्यावसायी तथा समाजसेवी दिनेशकुमार महतोले सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि दान दिएका हुन् ।ढल्केवर–महेन्द्रनगर–जनकपुरधाम सडकखण्ड अन्तर्गत पर्ने धनुषाको मिथिला नगरपालिका ५ नक्टाझिजमा रहेको पाँच कठ्ठा क्षेत्रफल रहेको जग्गा महतोले सशस्त्र प्रहरीलाई कार्यालय निर्माणका लागि दान गरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपालको नक्टाझिजस्थित सुरक्षा बेस क्याम्पको कार्यालय निर्माणका लागि जग्गा दान गर्न पाउँदा खुशी महशुस भएको महतोले बताए ।हाम्रो समाजमा असुरक्षा बढदैगएको सर्वविदितै छ । त्यही भएर सुरक्षाको अभिभारा बोकेको सशस्त्र प्रहरीलाई कार्यालय निर्माणको जग्गा अभाव भइरहेको थाहा पाएपछि आफनो स्वामित्वमा रहेको जग्गा दान गरेको हुँ’ महतोले भने, ‘समाजलाई सुरक्षार्थ अहोरात्र खटिने प्रहरीको वास बस्ने ठाउँ भएमात्र सुरक्षा व्यवस्था भरपर्दो हुन्छ ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।