
वीरगञ्ज – प्रतिनिधिसभाको संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा पूर्वमन्त्री एवम् पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद्) अजयकुमार चौरसिया मनोनित भएका छन् । २५ सदस्यीय उक्त समितिमा गगन कुमार थापा, रवि लामिछाने, विश्वप्रकाश शर्मा, सरिता प्रसाईलगायत रहेका छन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रियसभाको समेत गरी दुईवटा विषयगत समिति रहेका छन् ।
प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।