२०८० मंसिर १६ शनिबार

६२ लाखभन्दा बढीको सामग्रीसहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज –  वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट प्रहरीले ६२ लाखभन्दा बढीको औषधी तथा खुद्रा सामग्री नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट ६२ लाख ८ हजार ५९३ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो । 

बिलविजक भन्दा बढीको औषधी तथा खुद्रा मालबस्तु लोड गरिएको ना.४ ख ८७४० नम्बरको मालवाह ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार नियन्त्रणमा लिइएका सामग्रीलाई ट्रकसहित राजस्व कार्यालय पथलैया बारामा बुझाइएको छ । 

२०८० बैशाख १७, आईतवार १९:०५ गते 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार