२०८० आश्विन ५ शुक्रबार

काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वीरगञ्ज – गर्मीयाम सुरु भएसँगै मानीहरु शरिरलाई सितलता दिने फलफुल, तरकारी लगायत खानेकुरा खाने गर्दछ । गमीमा धेरैजसो मनीसले काँक्रोलाई विशेष प्राथमिक रुपमा खाने गरिन्छ ।

खानामा सलादको रुपमाा प्रयोग हुँदै आएको काक्रो खानु शरिरको लागि पनि फाइदाजनक मानिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ ।

शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्।

काक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ ।

काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ।

कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।

२०८० बैशाख १८, सोमबार ०९:२७ गते 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार