२०८० आश्विन ५ शुक्रबार

वीरगञ्जको होल्डीङ सेन्टरको सांसद् यादव र मेयर सिंहले गरे अनुगमन, सदुपयोग गर्न सुझाव

वीरगञ्ज – प्रयोगबिहिन होल्डीङ सेन्टरलाई प्रयोगमा ल्याउनुपर्ने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताएका छन् । 

वीरगञ्जको भन्सार क्षेत्रमा निर्मित होल्डीङ सेन्टरको स्थलगत अनुगमनका क्रममा सांसद् यादवले करोडौँको लागतमा निर्मित संरचनालाई उपयोगविहिन अवस्थामा राख्न नहुने बताए । 

कोभिड-१९ को महामारीका समयमा भारतबाट वीरगञ्ज हुँदै नेपाल भित्रिने यात्रुहरुलाई चेकजाँच तथा क्वारेन्टिनलगायतका कार्यका लागि निर्माण गरिएका संरचनालाई जनहितका काममा उपयोगमा ल्याउनुपर्ने पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले बताए । 

उनले भने, ‘राज्यले करोडौँ लगानी गरेको संरचनालाई यत्तिकै थन्किन दिनु हुँदैन, कुनै न कुनै किसिमका जनताको हितमा हुने कामका लागि उपयोग गर्न आवश्यक छ, त्यसका लागि म सम्बन्धीत निकायसँग समन्वय गर्नेछु ।’ 

नेपाली सेनाले निर्माण गरेको होल्डीङ सेन्टरको उपयोगका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । अनुगमन टोलीमा सहभागी रहेका प्रमुख सिंहकाअनुसार महानगरबासीको हितका लागि हुने कुनै कामका लागि प्रयोजनमा ल्याउन सकिने बताए ।

२०८० बैशाख १८, सोमबार १७:१३ गते 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार