२०८० फाल्गुन १० बिहीबार

दुर्घटना न्यूनीकरणका लागि ट्राफिकको सक्रियता,साईकलमा रिफ्लेक्ट स्टिकर टाँस्दै

वीरगञ्ज – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले साईकलमा स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको छ ।  सवारी दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले साईकलमा स्टिकर टाँस्ने अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मनिराम थापाले बताए । 

यसअघि पनि चलाइएको अभियानलाई निरन्तरता दिँदै मंगलवार वीरगञ्जको माईस्थान चौकमा आवतजावत गर्ने साइकललाई रोकेर स्टिकर लगाइएको हो । ग्रामीणक्षेत्रबाट दैनिक ज्यालादारीको काम गर्न साईकलमा आउनेहरु राती अँध्यारोका कारण दुर्घटना हुन सक्ने भन्दै रातिमा टल्किने स्टिकर लगाइएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।

साईकल यात्रीलाई पछाडिबाट सवारी साधनले ठक्कर दिएर दुर्घटना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि स्टिकरले सघाउ पुग्ने कार्कीको विश्वास छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका हवल्दार रामेश्वर यादव र सहायक हवल्दार सुवोध यादव, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दीलिपराज कार्की लगायतले साइकलमा स्टिकर लगाएका हुन् । सोही अवसरमा आम सर्वसाधारण एवम् सवारी चालकहरुलाई पनि ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको थियो । 

२०८० बैशाख १९, मंगलवार २३:१८ गते 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार