२०८० मंसिर १६ शनिबार

४५ किलो गाँजासहित ठोरीबाट दुई जना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित एक वृद्धलाई नियन्त्रणमा लिएको छ । जिल्लाको ठोरी गाँउपालिका- ५ बाट प्रहरीले लागूऔषध ४६ किलोग्राम गाँजासहित मकवानपुर जिल्लास्थित मनहरी गाँउपालिका-२ निवासी ५३ वर्षिय बौद्ध सिंह घलानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोली गस्तीका क्रममा तिना जना व्यक्तिलाई लागूऔषध गाँजा बोकेर हिँडिरहेको अवस्थामा फेला परेको थियो । यद्यपि उनीहरुमध्ये दुईजना गाँजा छोडेर भाग्न सफल भए । भाग्न नसकेका घलानलाई गाँजासहित नियन्त्रणमा लिन प्रहरीले भने सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढोथोकीले जानकारी दिए ।

पक्राउ परेका घलानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि  बढाइएको डिएसपी बुढाथोकीले बताए ।

२०८० बैशाख १९, मंगलवार २३:०१ गते 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार