२०८० फाल्गुन १५ मंगलवार

नारायणी अस्पतालको बन्द आई.सी.यू. संचालन गर्न महानगले सहयोग गर्ने

वीरगञ्ज – नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यू. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा रहेको आई.सी.यू.वार्ड आउँदो आइतबारबाट पूर्ण क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताउनु भयो ।

आई.सी.यू. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

यस्तै अस्पतालको प्रसुती गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख सिंहले बताउनु भयो ।

अस्पतालमा आउने बिरामीहरुलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो ।

अनुगमनमा पुग्नु भएका नगरप्रमुक सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक विषयमा जानकारी गराउनु भएको थियो ।

अस्पतालको निरीक्षणमा महानगर पालिका प्रमुख प्रशासकीय अधिकृत  लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको सल्लाहकारद्व्य प्रकाश अमात्य, महेश दास, नर्सिङ प्रमुख हेमा थापा लगायतको सहभागिता रहेको थियो ।

२०८० बैशाख २०, बुधबार १५:४० गते 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार