२०८० फाल्गुन १० बिहीबार

नेपाल उद्योग वाणिज्य महासङ्घको व्यापार समितिकाे संयाेजकमा डा. गुप्ता

वीरगञ्ज – वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष डा. सुवोधकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घको व्यापार समितिको सभापतिमा मनोनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्यसमेत रहेका डा. गुप्ताले व्यापार समिति सभापतिको जस्तो महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको वैशाख ३ गतेको पहिलो बैठकले डा. गुप्तालाई महासङ्घका अध्यक्ष चन्द्र ढकालले महासङ्घको विधान ३८(ग) अनुसार वैशाख १५ गते व्यपार समितिको सभापतिमा मनोनित गर्दै जिम्मेवारी दिएका छन् ।

वीरगञ्जका खाद्यान्न उद्योगी गुप्ता नेपाल दाल चामल तथा तेल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष पनि हुन् ।

२०८० बैशाख २०, बुधबार १२:१८ गते 1 Minute 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार