२०८० आश्विन ५ शुक्रबार

महानगरको पक्षमा अदालतको फैसला, ४ वटा विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुल्यो

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकालाई महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ । 

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठनपाठन गर्न पाउने मनसायले महानगरले ४ वटा विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यसअघि गरेको अल्पकालिन आदेस खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो । 

अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेस दिँदै बिहीबारका लागि छलफलमा बोलाएको थियो । 

बिहीबार दुबै पक्षको बहसपछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो । 

पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनविरुद्ध अभिनय गुप्ताले वीरगञ्ज महानगरसहितलाई बिपक्षी बनाई उच्च अदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराएका थिए । 

बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । 

महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले  बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिरकुमार कर्णले बहस गरेका थिए । 

वीरगञ्ज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।

२०८० बैशाख २१, बिहीबार १९:०१ गते 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार