
काठमाडौं – नक्कली शरणार्थी प्रकरण पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाँण नक्कली शरणार्थी प्रकरणमा बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ परेका थिए । खाँणलाई अनुसन्धानका लागि चार दिन थुनामा अदालतले अनुमति दिएको छ ।
उनीसँगै पक्राउ परेका खाँण गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसीलाई भने जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ ।यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको थियो । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।
खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ । यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। यस्तै खाणकै सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।