२०८० आश्विन ५ शुक्रबार

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दूई जना पक्राउ

वीरगञ्ज – स्रोत नखुलेको ठूलो रकमसहित पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लास्थित विन्दवासिनी गाउँपालिकाबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वचम्पारण ग्राम पञ्चायत भेलाही निवासी ४० वर्षीय धनञ्जयप्रसाद गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् ।

विन्दवासिनी–५ को प्रसौनीभाटा पूल हुँदै वीरगञ्ज तर्फ आउँदै गरेको वीआर ०५ ४७०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी प्रसौनीभाटाबाट खटेको प्रहरी टोलीले रोकेर चेकजाँच मोटरसाइकल पछाडि बसेका गुप्ताले बोकेको झोलाबाट एक हजार दरको ८०० थान नोट र पाँच सय दरको ८०० थान नोट गरी कूल बाह्र लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।

डिएसपी गिरीकाअनुसार गुप्ता र आलमले रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पछिल्लो पटक वीरगञ्ज र आसपासका क्षेत्रमा नक्कली नेपाली नोट भेटिन थालेको अवस्थामा स्रोत नखुलेको यत्रो ठूलो रकम बरामद हुनुले थप शङ्का उत्पन्न गरेको छ ।

पक्राउ परेकाहरु पनि नक्कली नोटको कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले पनि सोही एंगल तर्फ आफ्नो अनुसन्धान मोडेको पर्सा प्रहरीमा कार्यरत एकजना प्रहरी अधिकारीले बताए ।

डिएपी गिरीले गुप्ता र आलमसहित उनीहरु सवार मोटरसाइकल र रकमलाई नियन्त्रणमा लिएर नेपाल राष्ट्र बैंक ऐन २०५८ विरुद्धको कसूरमा पर्सा जिल्लाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

यसअघि केहि दिन अगाडि पर्सा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोटसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

२०८० बैशाख २७, बुधबार १८:५५ गते 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार