२०८० फाल्गुन १५ मंगलवार

१८ लाखभन्दा बढीको बेरिङ्ग वडा प्रहरी कार्यालय श्रीपुरद्वारा बरामद

वीरगञ्ज – बिलबिजकभन्दा बढी मूल्य बराबरको बेरिङ्गसहित ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिलबिजकभन्दा बढी सामानसहितको ट्याक्टर आईसिपी गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको सूचनाको आधारमा चेकजाँच गरेको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चौकस्थित सडकखण्डमा चेकजाँच गर्दा बिआर ०५ जिए १९४६ नम्बरको भारतीय ट्याक्टरबाट विभिन्न किसिमका बेरिङ्ग बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार बरामद बेरिङ्गलाई १८ लाख २२ हजार ३४७ रुपैयाँ मूल्यांकन गरिएको छ । बेरिङ्गसहित नियन्त्रीत ट्याक्टरलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख गरिएको छ । 

२०८० जेष्ठ २, मंगलवार १४:५१ गते 1 Minute 435 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार