
काठमाडौं– भारतको केन्द्रीय बैंकले दुई हजार रुपैयाँ दरका नोट बजारबाट फिर्ता लिने घोषणा गरेको छ ।
भारतीय रिजर्भ बैंकले बैंकहरुलाई ग्राहकका लागि तत्कालै लागू हुनेगरी २ हजार दरका नोट जारी नगर्न निर्देशन दिएको हो । रिजर्भ बैंकका अनुसार यही मे २३ देखि कुनै पनि बैंकमा गएर २ हजारका नोट अन्य दरका नोटसँग साट्न सकिने जनाएको छ ।
भारतीय रिजर्भ बैंकले यही वर्षको सेप्टेम्बर ३० सम्म २ हजार दरका नोट बैंकमा जम्मा गर्न सकिने जनाएको छ । यद्यपि यी नोटहरु सेप्टेम्बर ३० पछि पनि बजारमा प्रयोग गर्न सकिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।