२०८० फाल्गुन १० बिहीबार

‘सडक सुरक्षा सप्ताह’को अवसरमा आयोजित कार्यक्रममा ३९ जनाद्वारा रक्तदान

वीरगञ्ज – वीरगञ्जस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।‘सडक सुरक्षा सप्ताह २०८०’ कार्यक्रमको छैठौं दिन शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३९ जनाले रगतदान गरेका हुन् ।

रगततदान गर्नेहरुमा कोपिला श्रेष्ठ, मनमोहनकुमार यादव, किरण चौधरी, ध्रुब चौधरी, गोविन्द हिमाल, राम महत्तो, सद्दाम हुसेन, प्रेमलाल साह, आशीषकुमार साह, कृष्ण वर्णवाललगायतका रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणीराम थापाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक गिरि, राजेन्द्र भट्टराई, महेशसिंह धामी, रणधीर वर्णवाल लगायतको पनि उपस्थिती थियो ।

२०८० जेष्ठ ६, शनिबार १३:५४ गते 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार