२०८० मंसिर १६ शनिबार

सडक सुरक्षा सप्ताहको ५ औं दिन बटुवालाई पम्प्लेट वितरण 

वीरगञ्ज – सडक सुरक्षा सप्ताहको शुक्रबार ५ औं दिन सडकपेटीमा हिड्ने सर्वसाधारणलाई पम्प्लेट वितरण गरिएको छ । ट्राफिक सचेतना एवं ट्राफिक शिक्षाको लागि बटुवालाई पम्प्लेट बितरण गरिएको व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कर्कीले बताउनुभयो ।

पाँचदिनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना र ट्राफिक नियम पालना गराउँदै सभ्य नागरिक बनाउने अभियान स्वरुप विभिन्न संघ संस्थाहरुको सहयोगमा जिल्ला ट्रापिक प्रहरी कार्यालयले सडक सुरक्षा सप्ताह अन्तर्गत विभिन्न ट्राफिक प्रहरी सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणीराम थापाले जानकारी दिनुभयो ।

बढ्दो सवारीको चाप र अव्यवस्थित पार्किङ तथा साँघुरो सडकका कारण बजारहरुमा ट्राफिक प्रहरीले मात्रै व्यावस्थापन गर्न सम्भव नरहेको र स्थानीय नागरिकको सहभागिता विना ट्राफिक व्यावस्थापन पनि हुन नसक्ने भएकोले स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा सडक सुरक्षा सप्ताह आयोजना गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

सडकमा हिड्ने यात्रु र सवारी चालक सबैले सामान्य ट्राफिक नियमको मात्रै पालना गरिदिएपनि व्यावस्थापनमा ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।  

२०८० जेष्ठ ६, शनिबार ११:३१ गते 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार