२०८० आश्विन ५ शुक्रबार

सप्तरीमा एक युवकको घाटी रेटेर हत्या

वीरगञ्ज – सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी ५० वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

स्थानीयले दिएको जानकारीपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको सप्तरी प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले बताए ।

‘शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको छ,’ एसपी कार्कीले भने, ‘अनुसन्धानपछि मात्र थप कुरा थाहा हुन्छ ।’

२०८० जेष्ठ ८, सोमबार ११:५८ गते 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार