२०८० फाल्गुन १० बिहीबार

कालिकामाईबाट १० केजी चरेससहित युवक पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले ठूलो मात्रामा लागूऔषध चरेससहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर १ स्थित नगर सडक खण्डबाट प्रहरीले सोही स्थानका २१ वर्षीय अनिल पासवानलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार बिहान १० बजेको समयमा सडक खण्डमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा पासवान सवार भारतीय नम्बर विआर २२ एटी ८४९८ नम्बरको मोटरसाइकल चोकर रितपूर्वक चेक गर्दा उनले बोकेको ब्याग भित्र लुकाई छिपाई राखिएको लागूऔषध चरेस बरामद गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय पर्साक प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार पास्वालको झोलाबाट ५ सय ग्राम तौल भएको २० वटा चरेसको प्याकेट बरामद गरिएको छ । जसअनुसार बरामद चरेसको कूल तौल १० किलोग्राम हुन् जान्छ ।

पक्राउ परेका पासवान र उनि सवार मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर अनुसन्धानको प्रकिया अगाडि बढाइएको छ ।

२०८० जेष्ठ १२, शुक्रबार १८:५३ गते 1 Minute 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार