२०८० आश्विन ५ शुक्रबार

चिल्ड्रेन पार्कको अतिक्रमित संरचना हटाउन फेरि सुरु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले माईराम पोखरी (चिल्ड्रेन पार्क)को पश्चिमतर्फ अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ ।

बिहीबारबाट महानगरले अतिक्रमण गरिएका संरचना डोजर लगाएर हटाउन थालेको हो । यसअघि महानगर पूर्वतर्फको अतिक्रमित संरचना हटाएको थियो । गएको फागुन १६ गतेबाट अतिक्रमण हटाउन थालेको महानगरले अतिक्रमित संरचना हटाउन विभिन्न समयमा डोजर चलाउँदै आएको छ ।

अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन स्थानीयले पटक पटक समय मागे पनि मागेको समयमा संरचना नहटाएपछि बिहीबारबाट पुनः डोजर लगाएर हटाउन लागिएको हो ।

बिहीबार ३ वटा संरचना डोजर लगाएर हटाइएको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप कुमार चौरसियाले बताए ।

महानगरले अतिक्रमण हटाउन नापजाँच गरेर चिह्न लगाइसकेको छ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले महानगरका ३२ वटै वडामा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउनुका साथै सार्वजनिक ऐलानी जग्गा खोजी गर्ने क्रम जारी रहेको छ ।

२०८० असार ७, बिहीबार १९:३१ गते 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार