
वीरगञ्ज – संघीय सरकारको बजेट मधेश विरोधी भएको भन्दै जनमत पार्टीले बजेट जलाएको छ । जनमत पार्टीको पर्सा जिल्ला समितिले विहीबार वीरगञ्जस्थित घण्टाघरमा बजेट जलाउँदै संशोधन नभए संघर्ष जारी राख्ने चेतावनी दिएको हो ।
मधेशी जनताबाट कर उठाउने तर मधेशीलाई बजेट नदिने प्रबृतिकै पुर्नावितृ भएको भन्दै बजेट जलाइएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले बताए ।
बजेट दहन कार्यक्रममा पूर्वमन्त्री करिमा बेगमले मधेशीहरुमाथि औपनिवेशिक शासन जारी रहेको भन्दै यस्तो बजेट स्वीकार नगर्ने चेतावनी दिइन्। जनमत पार्टीका नेता सशी कपुर मियाले पुनः मधेशमा आन्दोलन चर्किनो बताए ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय नेता बीपी साह, रास्ट्रीय परिषद सदस्य डा. अजय यादव, जिल्ला इन्चार्ज माधव सिह,लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।