
वीरगञ्ज – वीरगञ्जस्थित जीएचपी स्कूलमा ट्राफिक सुरक्षा नियम सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
सेवा समूह नेपालको आयोजनामा स्कूलमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई लक्षित गरेर आयोजित अभिमुखीकरण कार्यक्रममा ट्राफिक सुरक्षा नियम, ट्राफिक नियम पालनाको महत्त्व र युवाहरूमा सुरक्षा नियमहरूको पालना र कार्यान्वयनमा विद्यार्थीहरूको भूमिकालगायतका विषयका बारेमा बताइएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख मनिराम थापा र सेवा समूह नेपालका अध्यक्ष अङ्केत कुमार पूरीलगायतले विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए । विद्यार्थीमा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरेकोमा स्कूलले आयोजक संस्था सेवा नेपाल र अभिमुखीकरण गरिदिएका अतिथिहरूलाई धन्यवाद दिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।