२०८० आश्विन ६ शनिबार

सीके राउतको आक्रोश- यो संसद् नभएर नाटकघरमात्रै हो

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदलाई नाटक घर मात्रै भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकबाट आगामी वर्षको बजेट बहुमतले पारित भएपछि यस्तो टिप्प्णी गरेका हुन् । बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको भन्दै उनले मधेश केन्द्रित दलको आलोचना गरेका छन् ।

गत १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ । त्यलगत्तै अध्यक्ष राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध जनाएका हुन् ।

अध्यक्ष राउतले भनेका छन्, ‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो ।’

बजेट पारित हुनलाई उनले दुभाग्य भनेका छन् । ‘तर दुर्भाग्य । सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो । यो संसद् नभएर नाटकघर मात्रै हो’ राउतले लेखेका छन्, ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ, ठूलो यातना पनि भोग्नुपर्ने हुन्छ ।’

२०८० असार १३, बुधबार २०:३३ गते 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार