
वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिकाे कार्यक्षेत्रकाे दायरालाई फराकिलाे बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ ।
जिल्ला समन्वय समिति पर्साकाे चाैथाे जिल्ला सभालाई सम्बाेधन गर्दै जिल्ला समन्वय समिति पर्साकाे पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएकाे बताउनुभयाे । जिसस पर्साका प्रमुख निरन्जन साह साेनारले सबै स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेकाे जसपाका प्रमुख सचेतकसमेत रहनुभएका यादवकाे बुझाई छ ।
समन्वय समितिलाई अधिकार नदिएकाे गुनासाेप्रति ध्यानाकर्षण भएकाे बताउँदै सांसद यादवले अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पूर्व वन तथा वातावरण मन्त्री समेत रहनुभएका यादवले अवैध रूपमा हुने उत्खननलाई राेक्नका लागि समन्वय समितिकाे भूमिका प्रभावकारी हुनुपर्नेमा जाेड दिनुभएकाे थियो । उहाँले भन्नुभयाे, “समन्वय समितिले वातावरण संरक्षणका कामलाई पनि ध्यान दिन आवश्यक छ । पछिल्लाे समय बढ्दै गएकाे जलवायु प्रदुषणकाे जाेखिमलाई कम गर्नका लागि पनि समन्वय समितकाे अहम भूमिका हुन्छ ।
” उद्योगलाई वातावरणमैत्री बनाउनका लागि अनुगमनलाई तिव्रता दिन सुझाव पनि उहाँले दिनुभएकाे छ। जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह साेनारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतकाे उपस्थिति रहेकाे सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।