२०८० आश्विन ५ शुक्रबार

युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार छ : मेयर सिंह

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार रहेको बताउनुभएको छ ।
पर्सा फोटोग्राफर एशोसियसनको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उहाँले फोटो ग्राफीबाटै पनि युवाहरु स्वरोजगार बन्न सफल भएको बताउनुभयो ।
अहिले विशेष परिस्थिति तथा कुनै पनि सभासमारोहको व्यवसायीक फोटो भिडियो बनाएर राख्ने प्रचलन बढेको भन्दै यसले फोटोग्राफीमा भविष्य रहेको देखाएको बतउनुभयो । फोटोग्राफी सिक्ने र स्वरोजगार बन्न चाहने युवालाई महानगरले निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने भन्दै त्यसका लागि प्रस्ताव ल्याउन एशोसिएसनलाई आग्रह गर्नुभयो ।
पेशागत मर्यादा कायम गर्दै व्यवसायीक फोटोग्राफर भएर अरुलाई पनि रोजगारी दिने वातावरण बनाउन आग्रह गर्नुभयो ।
एशोसिएसनका अध्यक्ष ओमप्रकाश महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोटो ग्राफर एशोसिएसनका केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, श्रीराम कँडेल, दिगम्बर राजबंशी, डा.निरज सिंह लगायतको सहभागिता रहेको थियो ।

२०८० असार २०, बुधबार १५:०६ गते 1 Minute 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार